लोड हुँदैछ...

मेनु

दमकमा सवारी दुर्घटना : एक जनाको मृत्यु

दमकमा सवारी दुर्घटना : एक जनाको मृत्यु

दमक । झापाको दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडक खण्डमा गएराति मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकलका चालक कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राई रहेका छन् ।

दमक ७ को हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा मोटरसाइकल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।