विराटनगर । पूर्वमन्त्री बद्री मण्डलको निधन भएको छ । नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता मण्डलको ८७ वर्षको उमेरमा विराटनगर ९ स्थित घरमा मंगलबार निधन भएको हो ।
मण्डल केही समययता मुटु रोगबाट ग्रसित थिए । बिहान शौच गरी आएर सुतेका उनी मृत अवस्थामा फेला परेको उनकी भतिजी जस्मिन मण्डलले बताएकी छन् ।
ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी मन्त्री भएका थिए । मधेश आन्दोलनमा सक्रिय मण्डल सद्भावना पार्टीका अध्यक्षसमेत भए । गजेन्द्रनारायण सिंहको निधनपछि उनी नेपाल सद्भावना पार्टीका अध्यक्ष भएका थिए ।
मण्डल राजतन्त्र र हिन्दुत्व पक्षमा थिए । २०४६ सालअघि राजासँग निकट रहेका उनी प्रजातन्त्र आइसकेपछि नेपाल सद्भावना पार्टीमा आबद्ध भएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको समर्थन गर्दै उनी उपप्रधानमन्त्रीसमेत बनेका थिए । २०४६ अघि राजतन्त्रका पक्षमा सक्रिय रहदै आएका मण्डल त्यसबेला विराटनगरका प्रभावशाली नेता मानिन्थे ।
एक समय नेपाली कांग्रेसमा पनि आबद्ध भएका मण्डल अन्य राजनीतिक दल हुँदै पुनः राजावादी बनेका थिए । उनी राजेन्द्र महतो नेतृत्वको सद्भावनामा समेत वरिष्ठ नेता बनोका थिए । मण्डलका दुई श्रीमती, ४ छोरा र ३ छोरी छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।