लोड हुँदैछ...

मेनु

सशस्त्र प्रहरीद्वारा १५० केजी गाँजासहित टेम्पो चालक पक्राउ

सशस्त्र प्रहरीद्वारा १५० केजी गाँजासहित टेम्पो चालक पक्राउ

धरान । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले गाँजा बोकेको टेम्पोसहित एक युवालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले सोमबार राति धरान उपमहानगरपालिका–१३ स्थित अमरपथमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो।

धनकुटाबाट चिण्डेडाँडा हुँदै धरान बजारतर्फ आउँदै गरेको को २ ह ५९३४ नम्बरको टेम्पो शंकास्पद देखिएपछि रोकेर जाँच गर्दा पाँच पोका गरी अन्दाजी १५० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धरान–१३ निवासी अन्दाजी २८ वर्षीय राकेश मरिक रहेका छन्।

गाँजासहित टेम्पो र चालकलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको डिएसपी आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।