लोड हुँदैछ...

मेनु

धनकुटामा ट्रक पल्टिएर भएको दुर्घटनामा दुई घाइते

धनकुटामा ट्रक पल्टिएर भएको दुर्घटनामा दुई घाइते

धनकुटा । धनकुटाको जिरोप्वाइन्टमा चामल र भुस बोकेको ट्रक दुर्घटना भएको छ ।

मंगलबार बिहान सुनसरीको धरानबाट चामल र भुस लिएर हिले जाँदै गरेको ना ७ ख ११६१ नम्बरको ट्रक धनकुटा नगरपालिका–७ स्थित जिरोप्वाइन्टमा पल्टिएको हो ।

प्रहरीका अनुसार गुडिरहेको अवस्थामा ट्रकको स्टेरिङ लक भएपछि दुर्घटना भएको हो । ट्रक सडकबाट करिब १० मिटर तल खसेको छ ।

दुर्घटनामा दुर्घटनामा ट्रक चालक २८ वर्षीय इन्द्र मगर र सहचालक सामान्य घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको धनकुटा ट्राफिक प्रहरी प्रमुख मनोज खड्गाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।