लोड हुँदैछ...

मेनु

प्रहरीलाई मेलमिलाप प्रतिक्षालय हस्तान्तरण

प्रहरीलाई मेलमिलाप प्रतिक्षालय हस्तान्तरण

इटहरी । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग आबद्ध जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह एएसइजेडले इलाका प्रहरी कार्यालय इटहरीमा निर्माण गरेको मेलमिलाप प्रतिक्षालय प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरी परिसरमा निर्माण गरिएको प्रतिक्षालय एएसइजेडले हस्तान्तरण गरेको हो । प्रतिक्षालय हस्तान्तरणसँगै उद्घाटनसमेत गरिएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुभाष हमालले एएसइजेडले निर्माण गरेको प्रतिक्षालय ग्रहण गरेका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

प्रहरी नायव उपरीक्षक हमालले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा प्रहरी निरन्तर खटिरहेको उल्लेख गर्दै समुदायसँग सहकार्य गरेर सेवा प्रवाह गर्न सहयोग पुगेको बताए । उनले प्रहरी कार्यालयमा आउने सेवाग्राहीका लागि प्रतिक्षालय उपयोगी हुने विश्वास व्यक्त गरे ।

एएसइजेडका स्वयंसेवकहरूले नागरिकको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि प्रतिक्षालय निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताएका छन् । समाजसेवाका विभिन्न क्षेत्रमा सक्रिय एएसइजेडले आगामी दिनमा पनि यस्ता सहयोगात्मक गतिविधि निरन्तर अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।