लोड हुँदैछ...

मेनु

जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको म्याग्जिन र गोली चिया बगानमा फेला

जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको म्याग्जिन र गोली चिया बगानमा फेला

विर्तामोड । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको म्याग्जिन र गोली झापाको बिर्तामोडस्थित चिया बगानमा फेला परेको छ ।

आइतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राइफलको एक थान म्याग्जिन र मार्का थ्री राइफलका तीन राउण्ड गोली बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हातहतियार तथा गोलीगठ्ठा फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले उक्त म्याग्जिन र गोली बरामद गरेको हो । प्रहरीका अनुसार बरामद सामग्रीको अभिलेख जाँच गर्दा जेन–जी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय अनारमनीको जिन्सी भण्डार कक्षबाट लुटेर लगिएको पुष्टि भएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।