विराटनगर । सुनसरी र उदयपुरका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस ४ गते सुनसरीको धरान १६ स्थितमा लागू औषध बिक्रिबितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषधी ट्रामाडोल ६ हजार ३०० ट्याब्लेट र स्पास्पेन ३ हजार ५१८ क्यासुलसहित उनाीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेचबिखानमा संलग्न सोहि स्थानका सबिन राई, सौरव राई, सुजन राई, धरान ११ का अस्बिन लिम्बु र धरान १७ का संजय खड्का छन् ।
त्यस्तै इटहरी ५ बाट अस्थायी प्रहरी चौकी जनताबस्तीले इटहरी १६ का धिरेन्द्रकुमार चौधरी पक्राउ परेका छन् । उनको साथबाट ५४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
उता इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले त्रियुगा नगरपालिका ७ का रेमन मग्रातीलाई १०० मिलिग्राम ब्राउन सुगरसहित बेलका ९ बाट पक्राउ गरेको छ । यस्तै बेलका नगरपालिका ८ डुम्रिबोटे स्थित सप्तकोशी नदिको किनारबाट २ वटा रबरको ट्युमा हरियो प्लाष्टिकमा पोका पारी लोड गरिएको अवस्थामा बेवारिसे लागू औषध गाँजा २ सय ५ किलो ६६५ ग्राम बरामद भएको छ ।
बरामद भएको गाँजा र पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।