विराटनगर । कोशी प्रदेश तीन जना सहसचिवहरुको सरुवा भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत सचिव एकदेव अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य र उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.सरण पाण्डेको सरुवा भएको हो ।
अधिकारीको संघीय मालिमा मन्त्रालय, आचार्यको सार्वजनिक खरिद अनुगमन कार्यालय र पाण्डेको संघीय कृषि मन्त्रालयमा सरुवा भएको छ।
घीय सरकारले कोशी प्रदेशमा कार्यरत तीन सचिव फिर्ता गरेर तीन जना नयाँ सहसचिवलाई पठाएको छ । सरकारले सहसचिवहरु कृषि मन्त्रालयका पशुपति ढुङ्गाना, गृह मन्त्रालयका रायणप्रसाद रिसाल र लगानी बोर्डमा कार्यरत अस्मान तामाङलाई कोशी प्रदेशमा सरुवा गरी पठाएको हो ।
उनीहरूमध्ये ढुङ्गानाले उद्योग, कृषि तथा सहकारी मन्त्रालय रिसालले आन्तरिक मामिला मन्त्रालय र तामाङले मुख्यमन्त्री कार्यालयमा कामकाज गर्नेछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।