लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशनः नेतृत्व चयन गर्न आज मतदान हुँदै

एमाले महाधिवेशनः नेतृत्व चयन गर्न आज मतदान हुँदै

विराटनगर । नेकपा एमालेको जारी ११औं महाधिवेशनबाट आज नयाँ नेतृत्व निर्वाचनका लागि मतदान हुँदैछ । मंगलबार नेतृत्व चयन गर्न मतदान गर्ने तालिका भए पनि तयारी नपुगेको भन्दै आजलाई सारिएको छ । आज बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएको छ । तर मतदान स्थल भृकुटीमण्डपको हल परिवर्तन गर्नुपर्ने भएकोले केही समय ढिला हुनसक्ने बताइएको छ ।

एमालेले इलेक्ट्रोनिक भोटिङ गर्न लागेको छ । प्राविधिकि रूपले मेसिन जडान गर्ने काम मंगलबार नै सकिएको थियो ।

मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।