लोड हुँदैछ...

मेनु

लायन्स क्लब अफ विराट श्रीको अध्यक्षमा अमित कुसवाहा निर्विरोध निर्वाचित

लायन्स क्लब अफ विराट श्रीको अध्यक्षमा अमित कुसवाहा निर्विरोध निर्वाचित

विराटनगर । लायन्स क्लब अफ विराट श्रीको अध्यक्षमा अमित कुसवाहा निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा आयोजित एक विशेष कार्यक्रमका बीच कुसवाहा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष कुसवाहा विराटनगरस्थित विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबका प्रशासन प्रमुख हुन् । स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्रिय कुसवाहाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष कुसवाहाले आफ्नो कार्यकालमा सामाजिक सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, “लायन्स क्लबको मूल मर्म भनेकै समाज सेवा हो । म यो नयाँ टिमलाई साथमा लिएर समाजमा प्रभावकारी र रचनात्मक सामाजिक कार्यहरू अगाडि बढाउनेछु । हामी स्वास्थ्य, शिक्षा र मानवीय सेवाका क्षेत्रमा सक्रिय भएर लाग्नेछौं ।”

क्लबको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा विश्वका गेलाल, द्धितीय उपाध्यक्ष केदार प्रसाद पोखरेल, सचिव रेवती रमण घिमिरे, कोषाध्यक्ष खगेन्द्र बस्नेत रहेका छन् । यसैगरी सदस्यहरुमा गौरव निरौला, डा. संज्ञा ज्ञवाली, डा. दिपराज यु अधिकारी, आकाश अग्रवाल, डा. रवि आचार्य, डा. नेहा यादव, अन्जु पौल, अजिस विष्ट, डा. मोना प्रियदर्शनी, डा. रजनीश झा, डा. निष्णाता कोइराला, अनिल मण्डल, डा. अबिष्कार बस्नेत, श्रेयस्कर कार्की, धरणीधर भट्टराई, प्रियंका पेरिवाल अग्रवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।