विराटनगर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्तिम खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पोखरालाई बलिङको निम्तो दिएका हुन् ।
आजको यो अन्तिम खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छन्। स्मरणीय छ, दुवै टोली दोस्रो सिजनको प्रतियोगिताको प्लेअफको दौडबाट बाहिरिसकेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।