विराटनगर । काठमाडौंको किर्तिपुर क्रिकेट रंगशालामा जारी एनपिएल अन्तरगत आजको खेलमा सुदुरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको चुनौती दिएको छ । सुदुरपश्चिमले पूरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४७ रन जोडेको छ ।
प्रतियोगितामा अपराजित रहेको सुदुरपश्चिमले विराटनगरलाई मध्यमस्तरको चुनौती पेश गरेको हो ।
विराटनगरलाई क्वालिफायरमा सुरक्षित हुन आजको खेल जित्नै पर्ने बाध्यता छ । त्यसैले पनि आगामी इनिङ्समा खरो उत्रिने तयारी गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।