लोड हुँदैछ...

मेनु

मधेशको मुख्यमन्त्रीमा आजै दाबी पेश हुने

मधेशको मुख्यमन्त्रीमा आजै दाबी पेश हुने

विराटनगर । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै छ । दलहरुले अपरान्ह ५ बजेभित्र सरकारको नेतृत्व गर्न दाबी पेश गर्नुपर्ने छ । तर अहिलेसम्म दलहरुबीच कसलाई मुख्यमन्त्री बनाउने भन्ने सहमति बनिसकेको छैन । त्यसका लागि सात दलीय गठबन्धनका नेताहरु आन्तरिक छलफलमा छन् ।

सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आदेश दिएको छ । ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए ।

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री टुंगो लगाउन एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरूले विहीबार आठ घण्टा लामो छलफल गरेका थिए । छलफलमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।