महेश बस्नेतको विरोधमा दुहबीमा पनि युवाहरुको प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि युवाहरुको प्रदर्शन

विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा आज जेनजीहरुले सुनसरीको दुहबीमा पनि विरोध प्रदर्शन गरेका छन् ।

महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सुनसरीको इटहरीमा आउने भएपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

बस्नेत र ढकाल सवारी गाडी भने दुहबी क्रस गरिसकेको छ । युवाहरुले एमालेविरुद्ध नाराबाजी गरेका छन् ।

विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो । मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

विमानस्थलमा बस्नेत सवार गाडीमाथि रातो मसी फाल्ने गौतम नेपाल विद्यार्थी संघ मोरङको जिल्ला सदस्य हुन् । कुँवर पनि नेविसंघ निकट नै रहेको बताइएको छ ।

गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् ।उनलाई शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति पनि बनाएको थियो ।

प्रहरीको सुरक्षामा अगासिड बढेको बस्नेत सवार काकरमा युवाहरुले दगुर्दै गएर रातो मसी फ्याँकेका थिए । लगत्तै एमाले कार्यकर्ताको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी आएको एमालेले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्