काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज आइतवार पनि बस्दैछ । आजको बैठकमा विभिन्न पार्टीसँग हुन लागेको एकताबारे ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् ।
माओवादीसँग नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टीलगायतबीचको एकता अन्तिम चरणमा पुगेको छ ।
माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आगामी मङ्गलबार पार्टी एकीकरण गर्ने विषयमा सहमति जुटिसकेको बुझिएको छ ।
आजको बैठकले औपचारिक निर्णय गरेपछि सोमबार बस्ने महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताबारे अन्तिम टुङ्गो लगाउने माओवादी नेता अग्नि सापकोटाले जानकारी दिए ।

