विराटनगर । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले चुनाव चिन्ह माटो पाउने भएको छ ।
निर्वाचन आयोगले आज उक्त पार्टीको दर्तालाई आज आधिकारिकता प्रदान गर्दै प्रमाणपत्र दिने भएको हो । आयोगले प्रमाणपत्र बुझ्न दिउँसो २ बजे बोलाएको छ ।
साम्पाङ नेतृत्वको पार्टीमा अहिले २८ जना केन्द्रीय सदस्य रहेका छन् । जसको अध्यक्ष साम्पाङ छन् भने उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।
गत असोज १२ गते आइतबार साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

