काठमाडौँ । खगेन्द्र सुनारसँग काभ्रेपलाञ्चोक जिल्ला अदालतले ५० हजार धरौटी माग गरेको छ ।
विद्युतीय कारोबार ऐन बमोजिम पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भनिएका सुनार आजै अदालतमा हाजिर भएका थिए । थुनछेक बहसपछि अदालतले ५० धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश नगेन्द्रकुमार काला खेतीको एक इजलासमा भएको थुनछेक बहसपछि पछि ठहर बमोजिम हुनेगरी ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी विरुद्ध अधिवक्ता मनीषा गौतमले साइबर अपराधको जाहेरी दिएकी थिइन् । श्रम मन्त्री बन्न लाग्दा विभिन्न काण्ड बाहिरिएपछि उनको शपथग्रहणमा रोकिएको थियो ।


