जसपा नेपालद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

विराटनगर । अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शनिबार सुनसरीको धरानमा बसेको सो पार्टीको कोशी प्रदेश समितिको बैठकले उक्त निर्णय गरेको प्रदेशका मुख्य सचिव विनोद नेम्वाङले बताए । ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं । विकसित नयाँ राजनीतिक घटनाक्रमलाई हेरेर यस्तो निर्णय गरेका हौं,’ नेम्वाङले भने ।

जसपा नेपालको कोशी प्रदेशसभामा १ जना सांसद (निर्मला लिम्बू) रहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई एमालेका ४० र काँग्रेसका २९ सांसदको समर्थन छ । ९३ सदस्यीय प्रदेशसभामा ६९ सांसदको समर्थन पाएको सरकारका लागि जसपाले समर्थन फिर्ता लिए पनि समस्या पर्ने देखिँदैन । जसपाकी सांसद लिम्बूले पनि आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताइन् ।

कार्तिक १, २०८२, साँझको ०७:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर