जाँचबुझ आयोगले भन्यो : फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न प्रतिवेदन कुर्नुपर्दैन

विराटनगर । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न सक्ने बताएको छ ।आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने जानकारी बताए ।

जेन–जी प्रदर्शनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको हो ।

‘आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतका कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेश बमोजिम रायसहितको प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानून बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट २०८२ असोज ९ गते जारी विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने ब्यहोरा सूचित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

अशोज २१, २०८२, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर