तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उनले सबै राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी हुन पनि आह्वान गरेका छन् ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो पार्टी निर्वाचनका लागि सक्रियताका साथ अघि बढ्ने बताए । ‘माओवादीले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ,’ उनले भने, ‘अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ ।’

पछिल्लो राजनीतिक परिस्थितिको सन्दर्भमा पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समिति बैठकबाट स्पष्ट निर्णय भइसकेको पनि उनले जानकारी दिए । माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा भाग लिने निर्णय गरिसकेको छ ।

यसका साथै, पार्टीभित्र पुस्तान्तरणको बहसलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले हालको केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

अशोज २०, २०८२, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर