विराटनगर । आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।
दुर्गा देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
नेपालका केही जिल्लामा भने विजया दशमीका दिन मात्र टीका–जमरा लगाउने र आशीर्वाद थाप्ने चलन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ ।

