प्रहरीकै घरमा भयाे चाेरी

विराटनगर । इटहरीमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (प्रनानि) दिपेन्द्र खवासको घर फोडी करिब ७ तोला सुन चोरी भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत खवासका परिवार श्रीमती प्रियङ्का र छोरासहित मगलबार मुलघरमा खाना खान गएको बेला चोरी भएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

चोरले घरभित्र राखिएको रानीहार ४ तोला, औँठी ८ आना, झुम्का ८ आना, छड्के १२ आना, तिलहरी ३ आना र सुनको बाला १ तोलासहित जम्मा करिब ७ तोला सुनका गरगहना पारी फरार भएको प्रहरीले जनाएको छ। घरमै खाना खान गएका बेला चाेरी भएकाे देखिन्छ अनुसन्धान खटिएका एक प्रहरी अधिकृतले भने आफन्त तथा नातागोता बाट नै चाेरी भएकाे हाम्राे प्रारम्भिक अनुमानले देखाएकाे छ।

अशोज १५, २०८२, बिहानको ०९:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर