विराटनगर । सुनसरीको इटहरीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । । इटहरी उपमहानगरपालिका–१२ मा डेराभाडामा बस्ने खोटाङको ऐसलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिसा भट्टराईको हत्या गरेका हुन् ।
अनिसाको हत्या उनकै श्रीमान् सुमन दाहालले गरेको खुल्न आएको प्रहरीले जनाएको छ । सुमनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए ।
घरेलु विवादका क्रममा सुमनले अनिसालाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए ।
घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो ।
अनिसाको उपचारका क्रममा गएराति सवा ९ बजेतिर मृत्यु भएको डीएसपी हमालले बताए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।