मोरङमा जेनजी आन्दोलनका ५२ घाइतेलाई २० हजारका दरले राहत रकम उपलब्ध

विराटनगर । भदौ २३ र २४ गते भएको जेनजी उमेर समूहका युवाहरूको आन्दोलनमा घाइते भएका मोरङ जिल्लाका ५२ जनालाई सरकारले २० हजार रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउने भएको छ। उक्त रकम जिल्ला प्रशासन कार्यालय मोरङमा प्राप्त भइसकेको छ।

सरकारले ‘भैपरी आउने खर्च’ शीर्षकबाट उपलब्ध गराउन लागेको यो रकम घाइतेहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले निकासा गरिएको हो। मोरङ जिल्ला स्थायी ठेगाना भएका तर आन्दोलनमा अस्थायी बसोबास गरेकै ठाउँमा सहभागी भई घाइते भएकाहरूका लागि पनि यो रकम स्थायी ठेगाना भएको जिल्ला प्रशासन कार्यालय मोरङमा पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले घाइतेहरूलाई स्थानीय तह खुल्ने गरी आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बरसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

यसरी घाइते हुनेहरुमा मोरङ जिल्ला स्थायी ठेगाना भएका सन्जित रजक, श्रवण साह, प्रबवन यादव, मिथलेसकुमार यादव, मुकेश साहनी, जय साह, राजन राई, गोबन्द साह, बिष्णु ठाकुर, समिर राय, अजित कुमार चौधरी, राजदीप शाह, राकश अहमद, अमन भण्डारी, सुर्य कोइराला, श्याम साहनी, दिपक राय, प्रज्वल थापा, कृष्ण यादव, अलोककुमार झा, अभिमन्यु यादवको नाम प्राप्त भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

यस्तैगरी अनिकेतकुमार झा, विश्वदिप राम, बसन्त राजक, अभिनश मण्डल, अभिषेक बराल, कृष्ण यादव, एमडी हसन, रवि शाह, रोशन उप्रेती, आरफात अन्सारी, अभिषेक मण्डल, उज्वल ठाकुर ब्राह्मण, पियुष सिंह, भागवत कामात, सुमित पद्दार, राम पद्दार चौधरी, सन्तानू ढाकल, आदर्श चौधरी, आशिष चौधरी, उनिश दहाल, पुजन भट्टराई, बिशाल मण्डल, बिलोङ गुरुङ, राम कुमार चौधरी, बिकेशकुमार सिंह, रोहनकुमार रोयले पनि सहयोग स्वरुप २० हजार रुपैयाँ प्राप्त गर्ने गरी जिल्ला प्रशासन कार्यालय मोरङलाई नाम प्राप्त भएको बताइएको छ ।

अशोज १३, २०८२, बिहानको ०९:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर