विराटनगर । कोशी प्रदेश सभाको सातौं अधिवेशन आज रातिदेखि अन्त्य भएकाे छ । १० गते शुक्रबार राति १२:०० बजेबाट अन्त्य भएको हाे ।प्रदेश सरकारकाे मन्त्री परिषद्काे निर्णय अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।आज बसेकाे मन्त्री परिषदकाे बैठले प्रदेश सभाकाे साताै अधिबेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेकाे थियो ।
कोशी प्रदेश सभा सचिवालयले सूचनापत्र नम्बर ०२-०८२/०८३ मार्फत यो जानकारी गराएको छ। प्रदेश सभा नियमावली २०७४ को नियम ३ को उपनियम (३) बमोजिम प्रदेश सभाका माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको उल्लेख गरिएकाे थियो ।

