विराटनगर । नेकपा माओवादी केन्द्रको सातौं पूर्ण बैठकलेलसबै नेताको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले तीन वटा निर्णय गरेको छ ।​ बैठकले माओवादीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने, मंसिरमा विशेष महाधिवेशन गर्ने र महाधिवेशन गर्न आयोजक कमिटी गठन गर्ने निर्णय गरेको हो ।​

बैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राखेका तीन वटै प्रस्ताव सर्वसम्मतीले पारित भएका हुन् ।

बैठकमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले महाधिवेशनसम्म आफूलाई नेतृत्व छाड्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

तर, प्रचण्डले महाधिवेशनबाटै अध्यक्ष चयन हुने जवाफ दिएका थिए ।

उपमहासचिव जनार्दन शर्माले महाधिवेशनबाट नेतृत्वमा नआउने गरी सामूहिक राजीनामा दिनुपर्ने माग गरेका थिए ।

प्रचण्डले दुवै नेताको मागलाई महाधिवेशनबाटै सम्बोधन गर्ने जवाफ दिएका छन् ।