लोड हुँदैछ...

मेनु

धर्मगुरुमाथिको टिप्पणीले जोगवनीमा उत्पन्न तनाब साम्य

धर्मगुरुमाथिको टिप्पणीले जोगवनीमा उत्पन्न तनाब साम्य

विराटनगर । विराटनगरको सीमावतीय भारतीय बजार जोगवनीमा शुक्रबार तनाब उत्पन्न भएको छ । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएपछि तनाबको अवस्था बनेको थियो ।

हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएको थियो । त्यसपछि बजरंग दलका युवाहरु आइपुगेपछि मुस्लिम र हिन्दु समुदायबीच दोहोरो झडप भएको जानकारी बताइएको छ ।

घटनाको कारण बजार केही बेरअघिबाट तनावग्रस्त बनेको थियो । जोगवनी नेपालीको किनमेल गर्ने मुख्य बजार हो । चाडपर्व र अरु बेला पनि दैनिक सयौं नेपाली किनमेलका लागि जोगवनी पुग्ने गरेका छन् ।

जोगवनी तनावग्रस्त भएपछि किनमेलका लागि पुगेका नेपालीबीच भागदौड मच्चिएको थियो । किनमेलका लागि गएकाहरु भागेर नेपाल फर्किएका थिए । अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको थियो ।

तनाबको कारण किनमेलका लागि जोगवनी जान लागेका नेपालीलाई विराटनगरको रानी नाकामै रोकेको थियो । जोगवनीमा तनाव भएपछि सीमा नाका तत्काललाई बन्द गरिएको थियो,’ मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘अहिले भने अवस्था सामान्य भएकोले र आवतजावत सुचारु भएको छ ।’

घटनापछि रानी नाकामा अहिले ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले जोगवनी जान लागेका नेपालीहरुलाई सीमा क्षेत्रमै रोकेका थिए । विहान करिब ११ बजेदेखि सुरु भएको अपरान्हबाट नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।