विराटनगर । मोरङको जहादा गाउँपालिका वडा नम्बर ३ले प्लस टु पास गरेकी वडाका सम्पूर्ण छात्रा (छोरी) सम्पूर्ण खर्च दिएर पढाउदै आएको छ ।

वडामा बजेट नै छुट्याएर वडा अध्यक्ष अनिल ठाकुरले उच्च शिक्षामा छोरीको पहुँच अभियान अन्तर्गत सम्पूर्ण खर्च ब्योहेर्दै पढाउदै आएको हो ।

सो अभियान अन्तर्गत अध्यक्ष ठाकुरले सरकारी क्याम्पसमा लाग्ने सम्पूर्ण खर्च सहित कोपी र किताव समेत वडा वाट नै स्नातक देखि माथी अध्ययन गर्ने छात्रालाई वितरण गर्ने गरेको हो ।

विस २०७८ साल देखि छोरीलाई उच्च शिक्षा दिन अभियान सुरु गरेको हो ।

उच्च शिक्षामा वडाका छात्राको सहभागिता कम रहेको र बालविवाह बढ्दै गएकाले आफुले अभियान सुरु गरेको उनले जानकारी दिए । हाल सम्म १८ जाना छात्रा सो अभियान स्नातकमा अध्ययनरक्त रहेको वडाले जनाएको छ ।

त्यसैगरी दलित समुदायका छात्रा छात्रालाई वडाको आर्थिक सहयोगमा प्लस टु सम्म पढाउने यसै बर्ष देखि योजना बनाएको अध्यक्ष ठाकुरले जानकारी दिए ।

उनले दलित समुदाय शिक्षाको मुलधारमा आउन नसकेकोले शिक्षा प्रति आकर्षित गर्न वडा स्तरमा अभियान सुरु गरेको हो ।