विराटनगर । कोशी प्रदेशको सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका जिम्मेवार नेताहरु, सभामुख, सरकारका मन्त्रीहरु आदि सहभागी छन् ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुरु भएको बैठकमा प्रदेशका सभामुख अम्बर बहादुर विष्ट, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, उपसभामुख सिर्जना दनुवार, नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप, माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङ, एमाले सांसद तिलचन पाठकलगायतको उपस्थिति रहेका छन् ।
बैठकमा प्रदेशसभा सञ्चालन गर्ने वा अधिवेशन अन्त्य गर्ने भन्ने विषयमा निर्णय हुने जनाइएको छ ।