बिर्तामोडमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या, दुई जना पक्राउ

विराटनगर । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७, खालबाडीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । अन्दाजी ३५–३६ वर्षीय फुर्बा तामाङको उनकै घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो ।

तामाङको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका २७ –२८ वर्षीय प्रेम कुमार राई र ३३ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला बरामद गरेको छ । सब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटना के कति कारणले घट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

अशोज ७, २०८२, दिउँसोको १२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर