विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा (सन् १९९७ देखि २०१२) भित्र जन्मिएका युवा पुस्ता जेनजीले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र देशव्यापी भ्रष्टाचारविरुद्ध युवाहरुले सडकमा उत्रिएर विरोध जनाएका हुन्।
काठमाडौंसहित देशभरी जेनजी पुस्ताले आज एकै दिन प्रदर्शन गरेका छन्।
विरोध प्रदर्शनमा सहभागी युवाहरूले भ्रष्ट्राचार नियन्त्रण, सुशासनको प्रत्याभूति र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मानको माग गरेका छन्। युवाहरूको विराटनगरको सनसारीमाइस्थानदेखि सुरु भएको प्रदर्शनले रोडशेषचोक, महेन्द्र चोक ट्राफिक चोक, हस्पिटल चोक देखि जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गरेका थिए ।









