उदयपुर । डिजिटल माध्यम गुगल फारम भरी नेपाल पत्रकार महासंघ उदयपुरले साधारण सदस्यता नवीकरण गर्न गरेको आव्हानप्रति प्रेस सेन्टर उदयपुरले आपति जनाएको छ । गुगल फारम भरेर पत्रकार महासंघ उदयपुरका शाखाका सदस्यलाई सदस्यता नवीकरण गर्न गरेको आव्हानप्रति सुरक्षा संवेदनशिलता देखाउँदै प्रेस सेन्टरले आपति जनाएको हो ।
प्रेस सेन्टर जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष अभिमन्यू लामिछानेले नेपाल पत्रकार महासंघ केन्द्रको २०८१ माघ २८ र २९ गते धुलिखेलमा सम्पन्न बैठकको निर्णय बमोजिम सदस्यता पारदर्शीताको सम्बन्धमा गुगल फारम भर्ने अभियानप्रति असमति जनाउँदै पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोखरेललाई ज्ञापन पत्र बुझाएको बताए । उनले भने, ‘गुगु फारमप्रति प्रेस सेन्टर नेपालको असहमति रहेको छ । हामीले सुरक्षाको दृष्टिकोणले भरपर्दो नदेखेपछि विधाअनुसार शुल्क बुझाएर शाखाबाट नदिएर रसिद काटेर नवीकरण गर्न माग गरेका छौँ ।’
पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलले ज्ञापन पत्र बुभ्mदै माथिल्लो कमिटी प्रदेश र केन्द्रलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले भने, ‘यसको बारेमा पत्रकार महासंघ केन्द्रको अब निकट समयमा बस्ने केन्द्रीय कमिटीले बैठकले निर्णय गर्ने छ । त्यो बैठकमा हाम्रो तर्फबाट यो ज्ञापन पत्रको बारेमा जानकारी गराउने छौँ ।’
ज्ञापन पत्रमा भनिएको छ, ‘पत्रकार महासंघ शाखा उदयपुरले गुगल फारम भर्ने अभियानमा जुन ताकेता गरेको छ, यो ताकेता प्रति प्रेस सेन्टर नेपाल उदयपुर असहमति जनाउँदै पत्रकार महासंघको सदस्यता नवीकरणको सम्बन्धमा प्रेस सेन्टर उदयपुर क्रियाशील पत्रकारहरुको सदस्यता असारको पहिलो हप्ताभित्र एकमुष्ट रुपमा लागेको शुल्कको नगदी रसिद काटेर बिधान अनुसार नवीकरण गराउन माग गर्दछौं ।’
प्रेस सेन्टर उदयपुरका सचिव देनिश राईका अनुसार उक्त ज्ञापन पत्र बोधार्थ स्वरुप नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय, काठमाडौं, नेपाल पत्रकार महासंघ, प्रदेश कोशी कार्यालय, विराटनगर, प्रेस सेन्टर नेपाल केन्द्रीय कमिटी, काठमाडौं र प्रेस सेन्टर नेपाल प्रदेश कमिटी, विराटनगरसमेत पठाइएको छ । ज्ञापन पत्र बुझाउन प्रेस सेन्टर नेपाल उदयपुरका संस्थापनक उपाध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य यदुप्रसाद ढकाल, केन्द्रीय सदस्य विदुर कटुवाल, गजेन्द्र राई, यमन दनुवार, भोटराज राई, प्रेस सेन्टर उदयपुरका इन्चार्ज राकेश नेपाली, जिल्ला उपाध्यक्ष गोपालकृष्ण तिमल्सिना, कोषाध्यक्ष युवराज कार्की (सन्तोष)लगायतको सहभागीता थियो ।