पाँच प्रदेशमा फैलियो मनसुन

विराटनगर । कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन १५ दिनपछि पाँच प्रदेशमा फैलिएको छ ।

हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रका थोरै क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकीका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

यसअघि जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो । त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो ।

शुक्रबार, ३१ जेठ, २०८२, बिहानको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर