लोड हुँदैछ...

मेनु

सप्तकोशिमा बेपत्ता गोताखोरको आज बिहानैबाट खोजी सुरु

सप्तकोशिमा बेपत्ता गोताखोरको आज बिहानैबाट खोजी सुरु

विराटनगर । कोशी बराजस्थित सप्तकोशी नदीमा अभ्यासमा रहेका बेपत्ता गोताखोरको खोजी कार्य शुक्रबार बिहानैबाट सुरु भएको छ ।

बेपत्ता प्रहरी जवान सुरज साउद र हरदेव राजवंशीको आज बिहानैबाट खोजी सुरु भएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

बिहीबार सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोमा परेकालाई उद्धारका लागि बिहीबार गरिरहेको अभ्यासका क्रममा दुवैजना डुबेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट बिहीबार कोशी ब्यारेजस्थित सप्तकोशी नदीमा उद्धार अभ्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।