विराटनगर । तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सुन्दरहरैचा नगरपालिका–१ स्थित वडा कार्यालयको हलमा शनिबार रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको थियो ।
कार्यक्रमको सभाध्यक्षता तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समितिका अध्यक्ष राम कुमार साहले गरे । कार्यक्रममा मोरङ जिल्ला सह–सचिव सन्तोष साह, सदस्य गणेश कुमार, सल्लाहकार बिन्देश्वर साह, तथा वडा नं. १ का वडासदस्य भगवान साहको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रममा सहभागिताद्वारा सामुदायिक एकताको सुन्दर उदाहरण प्रस्तुत गरिएको छ। रक्तदाताहरूको योगदानप्रति आयोजक संस्थाले आभार प्रकट गरेको छ।

