विराटनगर । तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सुन्दरहरैचा नगरपालिका–१ स्थित वडा कार्यालयको हलमा शनिबार रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको थियो ।
कार्यक्रमको सभाध्यक्षता तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समितिका अध्यक्ष राम कुमार साहले गरे । कार्यक्रममा मोरङ जिल्ला सह–सचिव सन्तोष साह, सदस्य गणेश कुमार, सल्लाहकार बिन्देश्वर साह, तथा वडा नं. १ का वडासदस्य भगवान साहको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रममा सहभागिताद्वारा सामुदायिक एकताको सुन्दर उदाहरण प्रस्तुत गरिएको छ। रक्तदाताहरूको योगदानप्रति आयोजक संस्थाले आभार प्रकट गरेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।