मोरङका पूर्व प्रजिअ भट्टराई अख्तियारको नियन्त्रणमा

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी रहिसकेका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई केहीबेर अघिमात्रै अख्तियारको प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई सरकारले मंगलबार मात्र मन्त्रालयमा सरुवा गरेको थियो ।

अख्तियारले विमानस्थल अध्यागमनमा छापा मारेलगत्तै भट्टराईलाई नियन्त्रणमा लिएको हो । अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले छापा मारेको हो ।

अध्यागमन प्रमुख भट्टराईलाई हटाएर गृहमन्त्री रमेश लेखकले विष्णु कोइरालालाई पठाएका थिए । भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको भनेर भट्टराईमाथि आरोप छ ।

यसअघि मोरङको प्रमुख जिल्ला अधिकारी रहेको बेला भट्टराईलाई गृह मन्त्रालय तानिएको थियो । राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने कार्यमा संलग्न उनलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा गृह मन्त्रालय तानिएको थियो । तर, माओवादीको सरकार ढल्नसाथ उनले अध्यागमनको जिम्मा पाएका थिए ।

बुधबार, ०८ जेठ, २०८२, साँझको ०५:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर