विराटनगर । स्थानीयस्तरको जनतासँग प्रत्यक्ष सरोकार राख्ने समस्याको पहचान गरी तत्काल समाधान गर्न राज्यको सम्बन्धी निकायमा माग बुझाउदै नेकपा एकीकृत समाजवादी मोरङले रचनात्मक आन्दोलन थालेको छ ।
सुशासन र रोजगारी समाजवादको तयारी नाराका साथ सुरु गरेको अभियान अन्तर्गत समाजवादीले स्थानीय समस्या तत्काल समाधान गर्न मागपत्र बुझाउने रचनात्मक आन्दोलन थालेको हो ।केहि महिनाअघि सुरु भएको समाजवादीको अभियानले हालसम्म १७ वटा स्थानीय तहमध्ये ७ वटामा माग पत्र बुझाएको मोरङका उपाध्यक्ष दिपक ढकालले जानकारी दिए ।
केही शक्तिहरूले जनताका जायज र ज्वलन्त एजेन्डालाई छायाँमा पार्न खोजेको भन्दै नेकपा एकीकृत समाजवादीले वास्तविक मुद्दामा ठोस छलफलका प्रस्ताव अघि सारेको हो ।
वडाबाट समाधान हुने समस्या वडामा र पालिकाबाट समाधान हुने समस्याको पहचान गरेर पालिका अध्यक्षलाई तत्काल सम्बोधन गर्न माग पत्र बुझाउदै आएको उपाध्यक्ष ढकालले जानकारी दिए ।वर्षाको समयमा हुन सक्ने सम्भावित समस्यालाई तत्काल समाधान गर्नुपर्ने बताउदै उनले भने –‘तत्काल समस्या समाधान गर्न नसकिने अवस्था छ भने अगामी बजेट मार्फत सम्बोधन गर्नुपर्ने माग पत्र बुझाउदै छौं ।’
माग पत्रमा बेथिति र समस्या जनताको भावनाअनुसारको माग पत्रमा समावेश गरिएर बुझाउने गरेको उनको भनाइ रहेको थियो । अभियान अन्तर्गत पालिका स्तरमा भेला बैठक र अधिवेशनको समेत परिपत्र गरेको उनले जानकारी दिए ।
चैत १ गतेदेखि सुरु अभियान सुरु भएको थियो । सो अभियान अन्तर्गत बेलबारीदेखि मङ्लबारे सम्मको जङलमा फलफुलको वोटल समेत रोप्ने तयारी गरेको छ । जनावरमैत्री जङलको अवधारण अनुसार जङलमा फलपूmलको बोटबिरुवा लगाउने योजनासमेत बनाएको छ । उनले भने–‘फलफूलको बोट जङ्लमा भए जनावरहरु सडकमा हिड्ने बटुवाप्रति जनावर आश्रित हुँदैन्, दुघर्टना न्युनीकरण भएर जान्छ ।’
समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई माग पत्र बुझाएको छ । हाम्रो माग पत्रको अधारमा तत्काल नीति तथा कार्यक्रम मार्फत सम्बोधन नभए असारदेखि शान्तिपूर्ण पदयात्र रुपमा गरिने उपाध्यक्ष ढकालले जानकारी दिए । उनका अनुसार एमालेका असन्तुष्ट अगुवा तथा अग्रपतिका नेता तथा कार्यकता पार्टीमा प्रवेश गरेका छ ।