पाँचथर । नेपाल तरुण दल पाँचथर फाल्गुनन्द गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसको सहमहामन्त्री भिष्मराज आङ्देम्बेज्युको प्रमुख आतिथ्यमा भएको अधिवेशन कार्यक्रममा सर्वसम्मती कार्यसमिती चयन गरिएको छ ।
गाउँपालिकाको अध्यक्षमा गोपाल घिमिरे सहित २७ सदस्यीय कार्यसमिती सर्वसम्मत भएका छन । दुई उपाध्यक्ष ,दुई सचिब, दुई सह–सचिब एक कोषाध्यक्ष र अन्य सदस्यहरु सर्वसम्मत भएका छन् । अधिवेशन कार्यक्रम बाट खुल्ला, महिला, दलित, खस आर्य, द्वन्द्व पिडितबाट नौ जना जिल्ला अधिवेसन प्रतिनिधि चयन भएका छन ।
अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भिष्मराज आङ्देम्बेले तरुण दलको महाधिवेशन नभएको लामो समय भएकोले संगठनलाई चलायमान बनाउनको लागि निश्चित समय थपी यहि कार्यसमिती मार्फत दलको पाँचौ महाधिवेशन गर्नुपर्ने धारणा राखे ।
नेपाल तरुण दल जिल्ला अध्यक्ष सुमन लामाले तरुण दल पार्टिको मेरुदण्ड भएकाले अनुशासित ढङ्गले अघि बढी बेथितिलाई चिर्दै राष्ट्र को बिकासमा तरुणहरु लाग्नुपर्ने बताए ।