विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।
उद्योगले तिर्न बाँकी हरको विद्युत बक्यौता उठाउनुपर्छ र कुलमान घिसिङलाई कार्वाही गर्न गलत हो भन्ने मत राख्दै आएका तामाङलाई बुधबार बर्खासत गरिएको हो ।
उर्जामन्त्री दिपक खड्काका गलत कदमको विरोध गर्दै आएका तामाङलाई राजीनामा दिन काँग्रेसले निर्देशन दिएको थियो । तर, उनले अस्वीकार गरेपछि प्रधानमन्त्रीले पदबाट हटाएका हुन् ।
गत वर्षको साउन १८ गते राज्यमन्त्री नियुक्त भएका तामाङ कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने उर्जामन्त्री खड्काको निर्णयमा उनले सार्वजनिक रुपमै असहमति राख्दै आएका थिए । चार महिनामात्र बाँकी रहेकाले घिसिङलाई काम गर्न दिनुपर्ने उनको भनाइ थियो ।
तामाङले उद्योगीहरुले तिर्न बाँकी रहेको अर्बौ विद्युत बक्यौता असुल गर्नुपर्ने धारणा राख्दै आएका थिए । विद्युत बक्यौता उठाउने प्रयासमा रहेका प्राधिकरणका निर्देशक घिसिङलाई बर्खास्त गरिसकेको सरकारले राज्यमन्त्री तामाङलाई पनि बर्खास्त गरेको हो ।
नागरिकन्युजसँग कुरा गर्दै तामाङ्ले भने, ुगृहमन्त्रीले आजैमात्र मलाई प्रधानमन्त्रीले तपाईंको राजीनामा माग्नु भएको छ भनेर टेलिफोन गर्नुभएको थियो । मैले मलाई मन्त्री प्रधानमन्त्रीले बनाएको नभइ पार्टीले बनाएकाले पार्टीले माग्ने मात्रै राजीनामा दिन्छु भनेको थिएँ ।ु