राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । मंगलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि आज बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय लिएको हो ।

बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

शिक्षक महासङ्घको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।

शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेको बेला बोर्डले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा छन् ।

मङ्गलबार, ०९ बैशाख, २०८२, दिउँसोको १२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर