सुनसरीको देवानगञ्ज गोली काण्ड : दुई जना पक्राउ, तीन जना फरार

विराटनगर । सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवानगञ्ज १ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । प्रहरीले उनीहरुलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरेको हो । ‘देवानगन्जामा चोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको छ । अहिले दुई जनालाई पक्राउ गरिएको छ । अझै तीन जना फरार छन् । उनीहरुको खोजी कार्य पनि हामीले तिव्र बनाएको छ,’ तिम्सिनाले भने ।

गोली चलाउने कामेश्वर यादव रहेको प्रहरी स्रोतले बताएको छ । उनी फरार रहेका छन् । आर्थिक लेनदेनको कारणले गोली चलाएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए । ‘अहिले आर्थिक लेनदेन देखिएको छ । थप अनुसन्धानपछि विस्तृतमा जानकारी आउनेछ,’ एसपी तिम्सिनाले भने ।

प्रहरीले पक्राउ गरेको रविन यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका अभियुक्त हुन । एक महिना अगाडी लागूऔषध मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका प्रतिवादी हुन् । गोली चलाउने र घाइते हुने साथीहरु हुन् । हिंजो साँझ ६ः३० बजेतिर देवानगन्जामा तीन राउन्ड गोली चलेको थियो । गोली लागेर देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव घाइते भएका थिए । घाइतेमध्ये शिवकुमारको अवस्था गम्भीर छ । उनको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मङ्गलबार, ०२ बैशाख, २०८२, दिउँसोको १२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर