विराटनगर । २०८२ सालमा कोशी प्रदेशमा ९४ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ८८ दिन सार्वजनिक बिदा भएको जानकारी दिएको छ भने कोशी प्रदेश सरकारले थप ६ दिन विदा दिएको छ ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार यो वर्ष ५२ वटा शनिवार परेका छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिने निर्णय भएको छ ।
दसैँमा सात दिन र तिहारमा पाँच दिन बिदा दिइएको छ । त्यसबाहेकका अन्य पर्वहरूको बिदा २८ दिन छ । अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिवशमा देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारको छ । स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिनसक्ने राजपत्रमा उल्लेख छ ।
कोशी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ । प्रदेशले वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णीमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारको छ ।