धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का

विराटनगर । सुनसरीको धरान–६ पानबारी स्थित जङ्गलमा एक अधवैंशे महिला मृत फेला परेकी छिन् ।

अन्दाजी ३५–४० वर्षजस्तो देखिने ति महिलाको पहिचान अहिलेसम्म खुल्न नसकेको धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूले बताए । पानबारीको लिम्बुचौरीदेखि केही तलको जङ्गलमा ती महिलाको शव फेला परेको हो । नाङ्गो अवस्थामा फेला परेकी ति महिलाको हत्या भएको हो कि के हो भन्ने विषयमा अहिले नै केही भन्न नसकिने जबेगूले बताए ।

स्थानीयले भने उनको बलात्कार पछि हत्या भएको हुनसक्ने आशङ्का गरेका छन् । महिलाको शरीरको माथिल्लो भागमा लुगा लगाएको देखिन्छ भने घाँटीमा कालो कपडाले बाँधेर रुखमा लगेर बाँिधिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, २६ चैत, २०८१, दिउँसोको १२:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर