विराटनगर । तेली समुदायको सामाजिक एकता, सशक्तिकरण र संस्कृतिक संरक्षणलाई थप प्रवर्द्धन गर्ने उद्देश्यका साथ तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समिति गठन गरिएको छ। आइतवार, सुन्दरहरैचा–१० विराटचोकस्थित प्लानेट लाउन्जमा सम्पन्न भेलाले नयाँ नगर समिति सर्वसम्मत गठन गरेको हो।
भेलाको अध्यक्षता स्थानीय समाजसेवी रामकुमार साहले गरे । कार्यक्रममा तेली कल्याण समाज, नेपाल मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साह प्रमुख अतिथि रहेका थिए भने अतिथिहरूमा जिल्ला कोषाध्यक्ष रोहित कुमार साह, सह–सचिव सन्तोष साह, सदस्य गणेश कुमार साह, शत्रुधन साह तथा सल्लाहकार बिन्देश्वर साहको उपस्थिति रहेको थियो।
भेलामा ६० भन्दा बढी तेली समुदायका व्यक्तित्वहरूको उपस्थिति थियो। भेलाले सुन्दरहरैचा–५ बासवारीका रामकुमार साहलाई नगर अध्यक्ष पदमा सर्वसम्मत चयन गर्यो। समितिको उपाध्यक्ष सञ्जय साह, सचिव कृष्ण प्रसाद साह, सह–सचिव अभिषेक साह र कोषाध्यक्ष अनु कुमारी साह रहेकी छिन् ।
सदस्यहरू नारद साह, राजन साह , जितेन्द्र साह, मिना कुमारी साह, राजन साह, रमादेवी साह, डोमा साह, रविन्द्र कुमार साह, सचिन साह रहेका छन् ।
समितिका पदाधिकारीहरूलाई जिल्ला अध्यक्ष डा. साहले औपचारिक रूपमा शपथ गराएका थिए। नयाँ समितिले जातीय एकता, सामाजिक समावेशिता र सांस्कृतिक जगेर्नामा अग्रसर हुने प्रतिबद्धता जनाएको छ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।