इण्डो–नेपाल क्रिकेट प्रतियोगिता : कुमार श्रेयको अविजित सतकले पटनाको शानदार जित

विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा फार्मेन्स क्रिकेट एकेडेमी पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेटले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जुटमिल खेल मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा पटनाका कुमार श्रेयले अविजित सतक प्रहार गर्दै आफ्नो टोलीलाई जित दिलाए ।
दल्लीले दिएको १६८ रनको लक्ष्य पटनाले मात्र १२।१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । जितको नायक कुमार श्रेयले केवल ३७ बलमा १०८ रन बनाए । उनको आक्रामक ब्याटिङको कारण पटनाले दिल्लीलाई सहजै पराजित ग¥यो । कुमारको आक्रामक ब्याटिङमा दिल्लीका बलरहरूले कुनै उपाय निकाल्न सकेनन् । उनको चमत्कारिक ब्याटिङका कारण पटनाले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्न सफल भएको छ । उत्कृष्ट प्रदर्शन गरेकोमा कुमार श्रेयलाई प्लेयर अफ द म्याच घोषित गरियो र उनले नगद तीन हजार एक सय रुपैयाँ पुरस्कार पाए ।
उनको साथमा पटनाका ओपनर अनुज रञ्जनले १७ बलमा २७ रनको योगदान दिए । उनले आफ्नो छोटो पारीमा २ छक्का र ४ चौका प्रहार गरे । रिशन राकेशले अविजित १३ बलमा १८ रन बनाए भने गोलु मिश्राले ७ बलमा १२ रनको योगदान दिए । पटनाका ब्याट्सम्यानहरू दिल्लीको बलिङ आक्रमण विरुद्ध सुरुदेखि नै आक्रामक देखिए ।
दिल्लीका बलरहरूमध्ये साहिल अन्सारी र नितेश चौधरीले मात्र १–१ विकेट लिन सफल भए । पटनाका धेरै ब्याट्सम्यानहरू आक्रामक मुडमा रहेकाले दिल्लीका बलरहरूले विकेट लिन कठिनाई भोगे ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा अलआउट हुँदै १६७ रनको मध्यम योगफल बनायो । दिल्लीका रोहन महालदनले सर्वाधिक २० बलमा ४१ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । रोहन कुमारले २२ रन बनाए भने सुजित कुमारले २१ रनको योगदान दिए ।
आदर्श सिन्हाले १७ र लला आलमले १५ रन बनाए । यद्यपि, दिल्लीका अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न सकेनन् । आक्रामक सुरुवात गरेको दिल्लीको टोली निरन्तरता दिन असफल भएको देखियो । पटनाका बलरहरूले राम्रो लेन्थ र लाइनमा बलिङ गरेका कारण दिल्लीका ब्याट्सम्यानहरू सहजै विकेट गुमाउन पुगे ।
पटनाका शशि आनन्दले ३ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । उनले दिल्लीका महत्वपूर्ण ब्याट्सम्यानहरूलाई आउट गर्दै पटनाको जितमा महत्वपूर्ण भूमिका निभाए । रिसभ राकेश र नन्द किशोरले पनि २–२ विकेट लिएर दिल्लीको ब्याटिङ लाइनलाई कमजोर बनाउन सफल भए । पटनाका बलरहरूले मिलिजुली प्रदर्शन गर्दै दिल्लीका ब्याट्सम्यानहरूलाई निरन्तर दबाबमा राखे ।

आइतबार, २३ चैत, २०८१, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर