वर्ल्डलिंकको इन्टरनेट सेवा १० लाख घरधुरीमा

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले देशभरमा १० लाख घरधुरी जडान गरेको छ। यो उपलब्धिले नेपालको डिजिटल परिवर्तनमा वर्ल्डलिंकको महत्त्वपूर्ण योगदानलाई प्रतिबिम्बित गरेको वर्ल्डलिंकले जनाएको छ ।

सहरी क्षेत्रदेखि दुर्गम गाउँहरूसम्म विस्तारित यो सेवाले नेपालको डिजिटल विभाजनलाई कम गर्न सहयोग पुर्‍याएको छ। वर्ल्डलिंकका अनुसार, उनीहरूको सबैलाई, जहाँसुकै, जुनसुकै समयमा जडान गर्ने दृष्टिकोणले यो उपलब्धि सम्भव भएको हो।
यो उपलब्धिले नेपालको इन्टरनेट पहुँचमा उल्लेखनीय वृद्धि भएको बताइएको छ । शिक्षा, स्वास्थ्य, व्यापार र सरकारी सेवाहरूमा पहुँच बढाएको कम्पनीको दाबी छ । विशेषगरी कोभिड १९ महामारी पछिको समयमा डिजिटल सेवाहरूको महत्त्व अझ बढेको परिप्रेक्ष्यमा यो उपलब्धि महत्त्वपूर्ण मानिएको छ।
वर्ल्डलिंकले आगामी वर्षहरूमा सेवा विस्तार गर्दै थप एक मिलियन घरधुरी जोड्ने लक्ष्य राखेको छ। कम्पनीले गुणस्तरीय इन्टरनेट पहुँचका साथै अन्य डिजिटल सेवाहरू पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ।

सोमबार, १० चैत, २०८१, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर