विराटनगर । यही फाल्गुण १७, १८ र १९ गते हुने नेकपा एमाले मोरङको १० औँ मोरङ जिल्ला अधिवेशनको उद्घाटनमा प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् ।
एमाले जिल्ला समितिले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अधिवेशनको उद्घाटन फाल्गुण १७ गते दिनको ११ बजे, होटल मनास्लुमा हुनेछ । यस्तै १८ गते विहान ७ बजेदेखि दिउँसो १२ वजेसम्म राजनीतिक, सांगठनीक, आर्थिक प्रतिवेदन र मोरङको समृद्धिका लागि दिग्दर्शन उपर छलफल र पारित गर्ने, १८ गते १ बजेदेखि निर्वाचन आयोगको कार्यतालिका अनुसार निर्वाचन कार्य सञ्चालन गरिने मोरङ अध्यक्ष बाबुराम कार्कीले जानकारी दिए ।
यस्तै १९ गते निर्वाचनको कार्यतालिका रहेको छ । एमालेले
अधिवेशन बन्दशत्र सञ्चालनको लागि पार्टी केन्द्रीय कमिटी सदस्य जिवन घिमिरेको अध्यक्षतामा केन्द्रीय कमिटी सदस्य रामलाल साह, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय सल्लाहकार सदस्य यशोदा अधिकारी, पूर्वअध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश कमिटी सदस्य खेम नेपाली रहेको ७ सदस्यीय अध्यक्ष मण्डलको प्रस्ताव गर्ने निर्णय पनि गरेको छ ।
निर्वाचन कार्यक्रम सञ्चालनका लागि वरिष्ठ अधिवक्ता सुरेसलाल श्रेष्ठको संयोजकत्वमा डिल्ली घिमिरे, विश्वराज भट्टराई, विवेक तिम्सिना, संजय मेहता, अविनारायण श्रेष्ठ, राधा उराव, सविता घिमिरे, सुष्मा अधिकारी रहेको ७ सदस्यीय निर्वाचन कमिटी गठन भएको छ । यस्तै यज्ञ शर्माको संयोजकत्वमा रुपेश खतिवडा, केदार कार्की, कञ्चनकला वर्मा, डिल्ली कर्ण प्रसाईं रहेको पाँच सदस्यीय माइन्युट कमिटी पनि निर्माण गरेको कार्कीले जानकारी दिए । एमाले मोरङको अधिवेशनमा जिल्लाभरबाट ९१४ प्रतिनिधि सहभागी हुनेछन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।