महेन्द्र मोरङ क्याम्पस नेविसंघले नचायो वञ्चरो र तरवार, आफैंबीच झडप हुँदा दुई जना घाइते

क्याम्पस इकाइ गठन गर्न गएको नेविसंघ मोरङका सभापति सरोज पोखरेल मरणासन्न हुने गरी कुटिए

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।

नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकाइ गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका थिए । आफूहरुको स्वीकृति बिना क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले वञ्चरो, तरवार र लाठीले प्रहार गरेको हो । स्ववियु सभापति रहेका पौडेल देउवा समूहका हुन् । पोखरेल भने कोइराला पक्षका हुन् । उनीहरूबीचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आक्रमण उत्रिनेहरुमा जसवन्त पौडेलसहित, स्ववियु सचिव एलिस ठकुरी, सदस्यहरु प्रशान्त यादवलगायतको टोली संलग्न रहेको बताइएको छ । घटनाको विषयमा आफूहरुलाई थाहा भएपनि घाइते भएको र अस्पताल भर्ना भएको विषयमा थाहा नभएको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले बताए ।

बिहिबार, १५ फागुन, २०८१, दिउँसोको ०३:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर