विराटनगर । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको उद्घाटन कार्यक्रममा रिसाएर हिँडेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सुनसरीबाट अभियानमा जोडिएका छन्।
झापाको बनियानीमा गत सोमबार उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ एकाएक रिसाएका थिए। सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम संचालक पार्टीका झापा जिल्ला संयोजक राजु आचार्यसँग सवालजवाफ गरेका थिए।
नारायणकाजीले सम्बोधन गर्दैगर्दा पोडियम नजिकै उभिएका आचार्यलाई श्रेष्ठले किन उभिएको? भन्दै प्रश्न गरेका थिए। त्यसपछि उनी काठमाडौं हिँडेका थिए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंगलबार चितवन पुगेर झापामा रिसाएको सन्दर्भमा माफी मागे । आजबाट उनी फेरि अभियानमा जोडिएका हुन् ।