माओवादीको अभियानमा जोडिए नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव

विराटनगर । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’मा नेपाल समाजवादी पार्टी -नेसपा_का अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका छन्  ।

सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेबाट आज यादव माओवादीको तराई-मधेश केन्द्रित यो अभियानमा मिसिएका हुन् ।

यादवलाई माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए।माओवादीका नेताहरुका अनुसार यादव अभियानका क्रममा प्रचण्डसँगै हिंड्नेछन् ।

बाबुराम भट्टराईबाट छुट्टिएका यादव नेतृत्वको नेसपा र माओवादीबीच पार्टी एकताका लागि छलफल हुँदै आएको छ ।

बिहिबार, १५ फागुन, २०८१, बिहानको १०:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर